03/02/2026
फक्ताङलुङ फ्रेन्डसिप ग्रुप लिमिटेडका सदस्य राजेश फाबेन ज्यूको पुजनीय पिता सदस्य जुनकिरी लिम्बु ज्यूका ससुरा स्वर्गीय चङ्खमान फाबेन ज्यूको 23 January 2026 का दिन नेपालमा असामयिक निदान भएको हुँदा उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
22/12/2025
फक्ताङलुङ फ्रेन्डसिप ग्रुप लिमिटेड हङकङका संस्थापक सदस्य जितेन महादेन ज्यूको पुजनीय बुबा शेरबहादुर महादेन ज्यूको १३ डिसेम्बर २०२५ का दिन नेपालमा असामयिक स्वर्गीय रण हुनुभएको हुँदा उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
23/08/2025
📚 ट्युसन क्लासको भर्ना खुल्यो! 🏫
प्रिय अभिभावकज्यूहरू,
स्कुलपछिको समयलाई प्रभावकारी बनाउने उद्देश्यले, हामीले होमवर्क सहायता ट्युसन क्लास सुरु गरेका छौं। अब तपाईंका बालबालिकाले स्कुलको गृहकार्य सजिलैसँग बुझ्न र समयमै पुरा गर्न सक्नेछन्।
🕒 कक्षा समय:
• सोमबारदेखि शुक्रबार
• दिउँसो ४:३० बजेदेखि ७:०० बजेसम्म
👩🏫 शिक्षकहरू:
• अनुभवी शिक्षकद्वारा पढाइ गरिनेछ
• प्रत्येक विद्यार्थीलाई व्यक्तिगत ध्यान
📍 स्थान: PFG STORE, 195 Shanghai Street, Jordan
💰 शुल्क विवरण:
• मासिक शुल्क: २२००
• भर्ना शुल्क: लिने छैन
📞 सम्पर्क:
• फोन: ३४८५१५१५, ९८३५९४३५
• इमेल: [email protected]
📝 भर्ना खुल्ला छ!
सीमित सिट भएकाले चाँडो भर्ना गराउनुहोस्
21/03/2024
फ्रेन्डसिप ग्रुप इन्भेस्टमेन्ट लिमिटेड हङकङका सदस्य अन्जु लिम्बू ज्युको पुजनिय बुबा स्वर्गिय हर्क जङ्ग लिम्बु आङ्गबुहाङ ज्यूको मिति २०८० साल चैत १ गते (14 March 2024) का दिन नेपालमा असामयिक स्वर्गारोहण भएकोले हामी अत्यन्तै मर्महित र स्तब्घ भएका छौ । यस दुखद घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्घा सुमन अर्पण गर्दछौ । शोक सन्तप्त परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दै गहिरो समबेदना व्यक्त गर्दछौं ।
05/12/2023
फ्रेन्डशिप गु्रप इन्भेस्टमेन्ट लिमिटेड हङकङका सदस्य रन्जिता लिम्बू ज्युको श्रीमान स्वर्गिय शुक्र राज लिम्बू (फोम्बो) ज्यूको मिति २०८० साल मंसिर १७ गते नेपालमा असामयिक स्वर्गारोहण भएकोले हामी अत्यन्तै मर्महित र स्तब्घ भएका छौ । यस दुखद घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्घा सुमन अर्पण गर्दछौ । शोक सन्तप्त परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दै गहिरो समबेदना व्यक्त गर्दछौं ।
24/09/2023
फ्रेण्डशिप ग्रुप इन्भेस्टमेन्ट लिमिटेड हङकङ हङकङका सदस्य रोमन लाओती ज्युका पुजनिय आमा स्वर्गिय पञ्च मायाँ नेम्बाङ लाओतीको मिति २०८० साल असोज ०३ गते का दिन नेपालमा असामयिक स्वर्गारोहण भएकोले हामी अत्यन्तै मर्महित र स्तब्घ भएका छौ । यस दुखद घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ ।
02/09/2023
फ्रेन्डशिप गु्रप इन्भेस्टमेन्ट लिमिटेड हङकङका सदस्य श्री रमेश पेमु ज्यु यहि २०८० भदौ १४ गते (31 August 2023) का दिन सुश्री शिला काङभा वोखिमका साथ दश लिम्बु सत्र थुमको रीतिथिती अनुसार वैवाहिक वन्धनमा बाधिनु भएकोमा उहाँहरुको सुखी र समृद्घ दाम्पत्य जीवनको शुभ कामना व्यक्त गर्दछौ ।
07/05/2023
फ्रेन्डशिप गु्रप इन्भेस्टमेन्ट लिमिटेड हङकङका सदस्य बुद्ध राईका पुज्यनीय आमा स्व.कुमारी वनेम थलङ लिम्बु ज्युको मिति २०८० साल बैशाख २३ गतेका दिन नेपालमा असामयिक निधन भएको खबरले हामीलाई अत्यन्तै मर्माहत साथै स्तब्ध बनाएको छ । यस दुखद घडीमा मृत आत्मा प्रति भाबपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दछौं । यो दुखको घडिमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।
18/04/2023
फक्ताङलुङ समुह लिमिटेड हङकङका सचिब, फ्रेन्डशिप गु्रप इन्भेस्टमेन्ट लिमिटेडहङकङका सदस्य धुपेद्र लाओतीका पुज्यनीय आमा,सदस्य सशिकला सिङघेमका सासु स्व.हर्क रानी नेम्बाङ् लाओती लिम्बुको मिति २०८० साल बैशाख ४ गतेका दिन नेपालमा असामयिक निधन भएको खबरले हामीलाई अत्यन्तै मर्माहत साथै स्तब्ध बनाएको छ । यस दुखद घडीमा मृत आत्माप्रति भाबपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दछौं । यो दुखको घडिमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।