Pri Nce Shah

Pri Nce Shah

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pri Nce Shah, Kathmandu.

02/09/2025

एस्ता भ्रष्ट्राचार हुने हो भने काम गर्ने बजेट कहाँबाट आउँछ त? काम गर्नुपर्ने बेला यिनै नेताहरू भन्छन् – “बजेट छैन।” अब म यहाँबाट हाम्रा Mayor ज्यूलाई भन्न चाहन्छु – यदि यो सत्य होइन भने प्रमाण दिनुस्। जनता सत्य जान्न चाहन्छन्। ढाकछोप र बहानाले होइन, प्रमाणले मात्रै विश्वास मिल्छ। धन्यवाद।

02/09/2025

Brahampuri Gaupalika kasai ko bau ko sampati hoina, जनताको पसिना बगाएर उठेको करको पैसा हो । अब सम्म जतिसुकै ‘ठिक’ भन्ने नाममा भ्रस्टाचार चलेको थियो, त्यो अब बन्द हुनुपर्छ । जनताको पैसालाई आफ्नै बाउको सम्पत्ति सम्झेर बजेटमा खेलवाड गर्नेहरूको दिन सकिएको छ । अब जनता मौन बस्दैनन् – गलत गर्नेहरुलाई सडकमै जवाफ दिने बेला आएको छ ।

कुर्सीमा बस्ने जो कोही होस्, जनताको पैसालाई लुट्ने, घोटाला गर्ने, अनि बजेट छैन भनेर ढोंग गर्ने अधिकार कसैलाई छैन । यस्तो काम गर्नेले तत्काल राजीनामा दिनुपर्छ, र यस्तो कामलाई चुपचाप हेरेर ताली बजाउने ‘चम्चा’ हरुको दिन पनि लामो छैन ।

अब हाम्रा आवाज बलिया हुनेछन्, हाम्रो सवालमा जवाफ चाहिन्छ – अनि जवाफ पनि जनताको भाषामै मिल्छ । हामी कुनैको चाकडी गर्ने मान्छे होइनौं, हाम्रो हक र अधिकार सुरक्षित राख्न हरेक आवाज उठाउँछौं । भ्रस्टाचार बन्द गर, जनताको पैसा जनतामै खर्च गर – जय नेपाल

Pri Nce Shah Digital creator

27/08/2025

ब्रह्मपुरी जनताको चेतावनी

1. सडक र नाला बनाउँदा देखिएको खेल:
दुई–चार जना आफ्ना मान्छेलाई सामान बाँडेर मात्र विकास भयो भन्ने देखाउन खोजिन्छ। तर यसरी गाउँ विकास हुँदैन। विकास भनेको सबै जनताले महसुस गर्ने काम हो, केहीलाई मात्रै लाभ दिने होइन।

2. पुराना पेंडिङ कामहरूको हिसाब:
पानी ट्याङ्की, पम्पिया पोखरी जस्ता अधुरा योजनाहरू भ्रष्टाचारकै कारण थन्किएका छन्। यी फाइल अझै किन खोलिँदैनन्? अहिलेका प्रतिनिधि किन चुप छन्? यसको मतलब अघिल्ला र अहिलेका प्रतिनिधि दुबै मिलेर जनतालाई लुट्ने खेलमा छन् भन्ने प्रमाण हो।

3. प्रतिनिधिहरूको मिलेमतो:
अगाडिका होस् वा अहिलेका, सबैको स्वभाव एउटै छ—Dubai जानु, पैसा र दलाली गर्नु। एक–अर्कालाई बचाउन मात्र राजनीति गर्ने, जनतालाई धोका दिने।

4. जनताको सचेतता:
अब गाउँका मान्छेहरू बुझिसकेका छन्। हामीलाई भाषणले धोका दिन सकिन्न। अब ढोटि र प्यान्ट खोलाउने (सत्य उजागर गर्ने) दिन टाढा छैन।

5. जनताको माग – कडा कारबाही:
– पुराना भ्रष्टाचारका फाइल तुरुन्त खोलिनुपर्छ।
– अधुरा काम पूरा गरेर मात्र नयाँ काम सुरु हुनुपर्छ।
– जनताको पैसा एक पैसा पनि हजम गर्न नदिइनेछ।

6. अन्तिम चेतावनी:
– दलाली अब सहिँदैन 🚫
– भ्रष्टाचार अब लुक्दैन ❌
– हिसाब किताब बिना कुर्सी मानिँदैन ✅

24/08/2025

हामी यो स्पष्ट पार्न चाहन्छौँ—धन्यवाद अध्यक्ष जी, हाम्रो जागरुक युवाको आवाज सुनेर निर्णय लिनु भयो। तर यो धन्यवाद केवल आधा मात्र हो। किनभने हाम्रो माग स्पष्ट थियो—सम्पूर्ण ब्रह्मपुरी गाउँपालिकामा कृषि विद्युत्तिकरण पुग्नुपर्छ। हाम्रो उद्देश्य केही वडाको सुविधा मात्रै नभई, पूरे गाउँपालिकालाई समेट्नु थियो।

आज निर्णय आएको छ, तर यो केवल केही वडामा सीमित गरिएको छ। के बाँकी वडाका किसानहरू कम महत्वपूर्ण हुन्? के तिनीहरूको पसिना र मेहनत सस्तो छ? यो कुरा हामी स्वीकार गर्न सक्दैनौँ। हाम्रो जागरुक युवाहरूले उठाएको आवाज यति स्पष्ट थियो—सबैको खेतमा उज्यालो र सिँचाइको बिजुली पुग्नु अनिवार्य छ।

हामी चाहन्छौँ कि यस निर्णयलाई पूरा बनाइयोस्। आधा कदमले समस्या समाधान हुँदैन। हामीले भनेको थिएँ—जनताको आवाज सुन्नु मात्र पर्याप्त होइन, त्यसको कार्यान्वयन देखिनुपर्छ। जनताले कर तिरेका छन्, मेहनत गरेका छन्, उत्पादन गरेका छन्। त्यसैले सुविधा पनि समान रूपमा सबै वडामा पुग्नैपर्छ।

अहिलेको निर्णय केवल प्रारम्भ हो। यदि बाँकी वडामा सुधार नगर्ने हो भने, यो धन्यवाद हामीले दिन सक्ने अवस्था रहेन। हामी जनताको आवाज सुनिने मात्र नभई, जनताको अधिकार सुनिश्चित हुने देख्न चाहन्छौँ। यो नेतृत्वको जिम्मेवारी हो—धन्यवाद स्वीकार छ, तर अब पूरा परिणाम देखाउनुहोस्।

#आधा_धन्यवाद_पूर्ण_काम
#जनताको_अधिकार_पूरा_गर
#किसानको_सपना_अधुरो_रहनु_हुँदैन
#ब्रह्मपुरी_गाउँपालिका_जवाफदेही

https://www.facebook.com/Riteshshah.750331/videos/1316992643374120/?app=fbl

22/08/2025

गाउँपालिकाका ज्होलेहरू मोटर, ह्याण्डपम्प र सोलार पाएपछि चुप लाग्छन्। आफै केही गर्न नसक्ने, अरूको आन्द तौल्ने, चाकडी गरेर ठुला मान्छे बनेको जस्तो गर्ने यस्ता ज्होलेहरूको कारण गाउँ बिग्रेको हो। आफ्नै बाउको इज्जत बेचेर अरूको पिछलग्गु बनेर के ठूलो भएको? आफैं काम गरेर, जनताको विश्वास जितेर ठूलो बनिन्छ, चाकडी गरेर होइन। हामी बेरोजगार होइनौं, हामी क्रान्तिकारी हौं। अरूलाई उठाएर आफ्नो काम निकाल्ने हरामी प्रवृत्ति अब चल्दैन।”

19/08/2025

अबको पुस्ता जागरणको पुस्ता हो। हामी सबै युवाहरूले मिलेर एउटा सशक्त संगठन बनाएर भ्रष्ट, लोभी र जात–धर्मको नाममा फुट ल्याउने नेताहरुलाई ठिक पार्नुपर्छ। गाउँपालिका देखि केन्द्रसम्म एकता, भाईचारा र विकासमुखी सोचको बाटोमा अगाडि बढ्नुपर्छ। हिन्दू–मुसलमान भनेर झगडा लगाउने, समाजलाई टुक्र्याउने र देशलाई कमजोर बनाउने नेताहरूलाई अबको चुनावमा जनता उठेर जुत्ताको माला लगाएर स्वागत गर्नेछ। अब भ्रष्टाचार होइन, पारदर्शिता; फुट होइन, एकता; ध्वंस होइन, विकास— यही हाम्रो सङ्कल्प हो।”

17/08/2025

जब तक आप डरते रहोगे, आपके जिंदगी का फैसला कोई और लेता रहेगा।। थनक्यौ 😚

14/08/2025

ध्यान राखब नेता जी

Want your business to be the top-listed Furniture Store in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu