लायन्स आँखा तथा मधुमेह सेवा केन्द्र

लायन्स आँखा तथा मधुमेह सेवा केन्द्र

Share

Lions Eye & Diabetec Care Centre started to serve local people with less medical fortune derived by lions motto "WE SERVE"

18/10/2024

बढ्दो डेंगीको प्रकोप र चाडपर्वको समय भएकोले देशभर रगत र तिनका तत्वहरुको अभाव देखिएको छ । यसलाई मध्यनजर गर्दै केन्द्रमा नियमित रुपमा संचालनमा रहेको रक्तदान कार्यक्रम (In-house Blood donation program) लाई थप प्राथमिकतामा राख्नुका साथै उपत्यकाका भिभिन्न स्थानहरुमा रक्तदान सिविरहरु संचालनमा छन् । सबै स्वयंसेवी रक्तदाता महानुभावहरुले आफुलाई पायक पर्ने रक्तसञ्चार सेवा केन्द्र तथा तिनका रक्तदान शिविरहरुमा गई रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

केन्द्रको भवनमा हुने नियमित रक्तदान कार्यक्रम
IN-HOUSE REGULAR BLOOD DONATION PROGRAM

स्थान: त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको भवन,
आयुर्वेद क्याम्पस कम्प्लेक्स, कीर्तिपुर काठमाडौँ नेपाल
समय: हरेक दिन बिहान १० बजे देखि ०२ बजे सम्म
सम्पर्क: E-mail: [email protected] Website: www.tulionsbloodbank.org
Phone Number: 01-5914842 Mobile Number: 9748275089

Photos from लायन्स आँखा तथा मधुमेह सेवा केन्द्र's post 01/10/2024

लाभान्वित पिडित
भक्तपुर लायन्स नि:शुल्क भोजन गृह
भोजन समय : बिहान ९:०० बजे
स्थान : महाकली मन्दिर परिषर
असोज १४ - ५५+ जना
असोज १५ - ४५+ जना

संयाेजक :
डिस्ट्रिक्ट ३२५ जी, नेपाल

Photos from लायन्स आँखा तथा मधुमेह सेवा केन्द्र's post 01/10/2024

लाभान्वित पिडित
कुलेश्वर लायन्स नि:शुल्क दैनिक भोजन सेवा
भोजन समय : बिहान ९:०० बजे
स्थान : कुलेश्वर तरकारी बजार, महादेव मन्दिर
असोज १४ - २००+ जना
असोज १५ - २४५+ जना

संयाेजक :
डिस्ट्रिक्ट ३२५ जी, नेपाल

Photos from लायन्स आँखा तथा मधुमेह सेवा केन्द्र's post 01/10/2024

#विपदमा लायन्स क्लब सहयोग को लागि जुटदै ।
असोज १४, सोमबार ।

लायन्स क्लब अफ पनौति तथा लायन्स अन्तरास्ट्रिय डिस्ट्रिक्ट ३२५ जिको बिपद राहत कोष मार्फत पनौती ११ थुम्किमा २३ घर धुरि, बेथानचोक -४ मा ९ घर धुरि पनौति -१० पागेटोल मा ६ घर धुरि र पनौति-४ मा १ घर धुरि गरि जम्मा ३९ बाढि पहिरो पिडितहरुको को लागि राशन भाडाकुडा लगाएत सामाग्री हस्तान्तरण गरिएको छ।

डिस्ट्रिक्ट ३२५ जी, नेपाल

29/09/2024

*कुलेश्वरमा लायन्स नि:शुल्क भोजन सेवा सन्बन्धी सुचना*

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जी नेपालले अविरल वर्षाले सृजना गरेको विषम परिस्थितिको कारण पिडितहरुको सहजताको लागि
*लायन्स निशुल्क भोजन सेवा*
संचालन गरेको जानकारी गराउदछौ। उक्त भोजन स्थलमा दैनिक ३०० जनालाई भोजनको ब्यबस्था भएकोले सम्पुर्ण पिडित ब्यक्ति तथा अन्य आवस्यक जनसमुदायमा भोजन गर्न आउन हुन आग्रह गर्दछौ।

*भोजन समय : बिहान ९:०० बजे*
स्थान : कुलेश्वर तरकारी बजार, महादेव मन्दिर
सहकार्य : लायन्स क्लब अफ काठमाण्डौ रिजेन्सी, पचली भैरव, महारुद्र, नेचुरल

संयोजन :
*डिस्ट्रिक्ट ३२५ जी, नेपाल*

29/09/2024

*लायन्स नि:शुल्क भोजन गृह संचालन सन्बन्धी सुचना*

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जी नेपालले अविरल वर्षाले सृजना गरेको विषम परिस्थितिको कारण पिडितहरुको सहजताको लागि
*लायन्स भोजन गृह*
संचालन गरेको जानकारी गराउदछौ। उक्त भोजन गृहमा सम्पुर्ण पिडित ब्यक्ति तथा अन्य आवस्यक जनसमुदायमा भोजन गर्न आउन हुन आग्रह गर्दछौ।

*भोजन समय : हरेक दिन बिहान ९:०० बजे*
स्थान : महाकाली मानव सेवा संस्था भवन, महाकालीस्थान, भक्तपुर
सहकार्य : लायन्स क्लब अफ भक्तपुर सुर्यबिनायक, नमस्ते, भैरव, अरनिको, केदारेश्वर

संयोजन :
*डिस्ट्रिक्ट ३२५ जी, नेपाल*

19/09/2024
13/09/2024

हाम्रा अति आदरणीय, मिलनसार, सहज, सर्वप्रिय, सबल नेतृत्वकर्ता, डिस्ट्रिक्ट ३२५ जी का प्यारा डिस्ट्रिक्ट गभर्नर ला. डा. कमल बहादुर कायस्थ ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
स्वास्थ्य, समृद्धि, उदारता, मायालु भावना र नेतृत्व क्षमतामा वृद्धि होस।
समाजसेवी भावना वृद्धि होस। सधै दिन पुगोस।
शुभकामना छ।

Want your business to be the top-listed Furniture Store in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Lions Galli, Bhulancha
Bhaktapur