Appan Updates

Appan Updates

Share

Follow us for Latest Updates from Nepal, India & around the World.

23/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाको विस्तारित बैठकमा तनाव उत्पन्न भएको छ। कलैयामा आज बसेको बैठकमा विवाद चर्किएपछि केही प्रतिनिधिसभा सदस्यलाई कार्यकर्ताहरूले हात हाल्दै बैठकस्थलबाट बाहिर निकालेका हुन्।

बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए। बैठकमा सहभागी नेताहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेको आरोपपछि विवाद बढेको थियो।

त्यसपछि बैठकस्थलमा उपस्थित आक्रोशित कार्यकर्ताहरूले उनीहरूलाई धक्का दिँदै बाहिर निकालेका थिए। अवस्था नियन्त्रणबाहिर जानसक्ने देखिएपछि प्रहरी परिचालन भएको थियो।

प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बैठकस्थलबाट बाहिर लगेको बताइएको छ। घटनापछि रास्वपा बाराको आन्तरिक विवाद थप सतहमा आएको छ।

रास्वपा बाराका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता केही दिनअघि खारेज गरिएको थियो। सो निर्णयपछि जिल्लाभित्र असन्तुष्टि बढ्दै गएको थियो।

स्वर्णकारको सदस्यता खारेजीलाई लिएर संस्थापक पक्ष असन्तुष्ट रहेको र पछिल्लो बैठकमा त्यही असन्तुष्टि खुलेर देखिएको स्थानीय नेता–कार्यकर्ताहरूको भनाइ छ।

22/05/2026

गणतन्त्र नेपालका प्रथम गणपति(राष्ट्रपती) रामवरण यादवले गणतन्त्रको ब्याज खाएको देख्दा त मिटरब्याजी सेठहरु प्रति समेत सहानुभूति जाग्ला जस्तो छ |

22/05/2026

VVIP उपचार खर्चबारे विवाद चर्किएपछि एमालेले ३ करोड ८६ लाख रुपैयाँ राज्यकोषमा फिर्ता गरेको छ।

21/05/2026

गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा अख्तियारको छानबिनमा रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कासँग एक अर्ब रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति भेटिएको छ। घरमा ठूलो परिमाणमा नगद भेटिएपछि अनुसन्धानको दायरामा आएका खड्कामाथि जेठभित्रै मुद्दा दायर गर्ने तयारीका साथ बयान र छानबिन ती'व्र पारिएको छ।

21/05/2026

MP Harka Sampang regarding PM B***n Shah says, "व्यक्तिगत रुपमा त हामि एकअर्कालाई एकदम माया गर्ने मान्छे, तर पदिय दायित्व पो त यहाँ त । एउटा सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने कि नपाउने भन्नि कुरा हो क्या । यो विधिको कुरा हो । व्यक्तिगत रुपमा त उहाँ साथी हो । चित्त बुझ्दो उत्तर दियो भनि सम्बन्ध सुध्रिहाल्छ नि त । आउनुपर्छ, आएर उत्तर दिनुपर्छ उहाँले ।"

Photos from Appan Updates's post 21/05/2026

भारतीय गृह मन्त्री अमित शाहले आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गर्नुभएको छ । नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल गणेश भट्टको उपस्थितिमा उक्त चन्दन हस्तान्तरण गरिएको हो ।

20/05/2026

के एउटै व्यक्ति बेरोजगार, अल्छी, जतिबेला पनि अनलाइन बसिरहने र गनगने हुन्छ ? यस्तै 'एलिजिबिलिटी' भएका व्यक्तिलाई लक्षित गरी भारतमा 'कक्रोच जनता पार्टी'(सीजेपी) खोलिएको छ ।

19/05/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
B***n

19/05/2026

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मालाई प्रधान न्यायधिसकालागि संसदीय सुनुवाइबाट सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको छ ।

***nshah

19/05/2026

माग्ने बुढा लेख्छन्, "दुर्गा दाईलाई पनि कछुवाको टाउको जस्तो बनाए 'भित्र जाने बाहिर आउने, भित्र जाने बाहिर आउने'।"

16/05/2026

वडा सचिवालाई प्रधानमन्त्री कार्यालयबाट फोन गरेर थर्काउने प्रकाश खड्का यहि तस्विरमा बिचमा रहेका व्यक्ती हुन् पक्राउ परेका छन् ।

Want your business to be the top-listed Furniture Store in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Tinkune
Janakpur
44600