Nepali License

Call Directions Website

Nepali License For every updates on license, we are here to support you.

सम्पूर्ण सुचनाहरु यहाँ प्राप्त गर्नुहोस : https://www.facebook.com/bagmati.license.5

यातायात व्यवस्था बिभाग, एकान्तकुनाको यो आधिकारीक पेज हैन l तपाईंको लाइसेन्सको प्रक्रियालाई केहि राहत होस् भनेर मात्र यो पेज चलाईएको हो l लाइसेन्सको प्रक्रिया/परीक्षामा तपाईंलाई सहयोग गर्ने हाम्रो सानो प्रयास मात्र हो l

03/11/2026

सवारीचालक अनुमति पत्र नवीकरणका दुःखसुख
-------
सवारी अनुमतिपत्र नवीकरण गर्ने समय भएको थियो। एउटा कामको सिलसिलामा ठूलो भर्याङ कार्यालय नजिकै पुगेको थिएँ। कार्यालयमै काम फत्ते गर्छु भनेर प्रयास गरेको त भने "अनलाइन फर्म‌ भर्नुस्"। मैले‌ भनेँ -- "म यहिँ आएको छु, किन अनलाइन फर्म भर्ने?" जवाफ दिए -- "अनलाइन फर्म भरेर त्यसमा टाइम लिएर मात्र आउनु पर्छ, यहाँ सग्लो मान्छे आएर हुन्न।"

भर्सेला परोस् भनेर घर आएँ र अनलाइन आवेदन हालेँ। अनलाइन फार्मले मलाई "आफूले भरेको उक्त अनलाइन फर्मको प्रिन्ट प्रति लिएर स्वास्थ्य परीक्षण गर्न जा" भनेर आदेश दियो। कुन ठाउँमा स्वस्थ्य परीक्षण गर्ने हो त्यो ठाउँ चयन गर्ने सुविधा थियो। मैले ठूलो भरेङ रोजेँ। समय मिलाएर स्वास्थ्य परीक्षण गर्ने काम सक्कियो। त्यसपछि यातायात कार्यालय जानु पर्ने होला भन्ने ठानेको थिएँ। त्यो नपर्ने रहेछ। स्वास्थ्य परीक्षण सक्किएपछि इमेलमा एउटा कोड आउने रहेछ। त्यो कोड अनलाइन पठाएपछि प्रोसेसिङमा जाने रहेछ आवेदन।

अघि प्रिन्ट गरेको कागजमा क्युआर कोड थियो, त्यसलाई फलो गर्दा आवेदनको प्रक्रिया कहाँ पुग्यो भन्ने थाहा हुने रहेछ। त्यहाँ "प्रोसेसिङ हुँदै" भन्ने खबर थियो। झन्डै एक हप्तै प्रोसेसिङ हुँदै भन्नेमै अड्किएको थियो। एसएमएस खबर आउँछ भने पनि सम्झेको बेलामा ट्र्याकिङ‌ गर्थेँ। एसएमएस आएको पनि थिएन। आज यसो हेरेको त "पैसा तिर्‌" भन्ने खबर रहेछ। एसएमएस चाहिँ अझै आएको थिएन। पैसा तिर्ने उपायको विकल्पमा इसेवा पनि रहेछ। आवश्यक पैसा इसेवामा लोड गरेँ। तर इसेवाले टेरेन। कार्यालयमा फोन खोजेर सोधेँ। भने -- "कहिलेकाहिँ इसेवाले टेर्दैन, मोबाइल ब्याङ्किङबाट‌ तिर्नुुस्।"

फेरि भर्सेला परोस् भन्न पर्ने भो। त्यहाँ क्युआर कोड रहेछ। तर त्यो क्युआर कोडको स्क्रिनसट चाहिँ लिन नमिल्ने रहेछ। क्युआर कोड अनलाइन छ, मोबाइलको स्क्रिनमा देखिन्छ तर मोबाइलमा‌ डाउनलोड हुन्न। मोबाइलबाट पेमेन्ट गर्न क्युआर कोड चाहियो, मोबाइल ब्याङ्कलाई अनलाइन पेजमा जोड्न नमिल्ने! फेरि फोन गरेँ। "अनलाइन तिर्न नसके यहिँ आउनुस्" भन्ने जवाफ दिएर ढ्याक्क फोन राखे। कम्तिमा फोन उठाए। म त फोनै उठ्दैन होला भनेर चिन्तित थिएँ।

उपाय त लगाउनु पर्यो। पैसो तिर्नु छ मोबाइलबाटै। अनलाइनमा रहेको‌ क्युआर कोड मोबाइल ब्याङ्कबाट तिर्नको लागि स्क्यान गर्ने उपाय छैन।‌ अनि अर्को डिभाइसबाट त्यो लिङ्क खोलेँ।‌ एउटा‌ डिभाइसमा क्युआर कोड निकालेपछि अर्को डिभाइसबाट स्क्यानिङ‌ गर्न पाइयो। पैसो तिरियो। पैसो तिर्ने बित्तिकै अनुमतिपत्र नवीकरण पनि तत्काल भैहाल्यो दश वर्षको लागि। घरबाटै यति हुँदा चाहिँ खुसी नै‌ लाग्यो। तर दुईटा डिभाइस चाहने अवस्था चाहिँ अलि झन्झटिलो लाग्यो।

एक ठाउँमा अलिकति झन्झटिलो लागे पनि कुच्चेको थुतुनो सरकारी कार्यालयमा देखाउन नपरी काम फत्ते भएकोमा खुसी लाग्यो। पैसा तिरेसँगै अनुमति पत्र नवीकरण भएको जानकारी भएको पेज डाउनलोड गर्न पनि मिल्ने‌ रहेछ। त्यो डाउनलोड गरेँ। त्यही पेजमा नवीकरण भएको अनुमति पत्रको डिजिटल कपी पनि देख्न पाइयो। अनुमति पत्र चाहिँ डाउनलोड हुन्न रहेछ। नागरिक एपमा‌ चाहिँ देखियो, अपडेट भैहाल्ने रहेछ। उता प्रिन्ट गर्ने प्रक्रियामा जाने पनि रहेछ। कहिले प्रिन्ट हुन्छ र खबर हुन्छ कि हुन्न चाहिँ थाहा छैन। बेलाबेला अनलाइन ट्रयाकिङ चाहिँ गर्दै गर्नु पर्ला। कम्तिमा नवीकरण भयो।‌ सोचेभन्दा धेरै सजिलो गरी काम फत्ते भयो। गज्जबको कुरा त्यही भो।

-Ram Lohani

फेरि दशैंमा धनगढी जानुभन्दा त दिल्ली जानु धेरै सस्तो भयो! 😭✈️
07/10/2026

फेरि दशैंमा धनगढी जानुभन्दा त दिल्ली जानु धेरै सस्तो भयो! 😭✈️

07/10/2026
टिकट काट्दा चालकको नजिकको सिटमा महिलालाई टिकट नदिन राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्षको आग्रह
07/10/2026

टिकट काट्दा चालकको नजिकको सिटमा महिलालाई टिकट नदिन राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्षको आग्रह

वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधन बसपार्क, नागढुंगा,...
14/07/2026

वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधन बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो ।

Ekantakuna
26/06/2026

Ekantakuna

मोबाइल चलाउँदै वा फोनमा कुरा गर्दै बाइक/गाडी चलाए अब रु. १०,००० सम्म जरिवाना हुन सक्छ।तपाईंलाई यो नियम कस्तो लाग्यो? आफ्...
26/06/2026

मोबाइल चलाउँदै वा फोनमा कुरा गर्दै बाइक/गाडी चलाए अब रु. १०,००० सम्म जरिवाना हुन सक्छ।

तपाईंलाई यो नियम कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।

24/06/2026

नियम मिचेर सवारीसाधन चलाए अब महँगो जरिवाना । यस्तो छ प्रस्तावित जरिवाना......

15/06/2026

License paaunu vayo?

Address

Ekantakuna
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Nepali License posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share