12/05/2025
10th Nepal International Trade Fair 2025
8–12 May (25–29 Baishakh)
Bhrikuti Mandap, Kathmandu!
================
FREE ENTRY | LAST DAY
================
#मेला #व्यापारमेला #नेउवामहासंघ
10/05/2025
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा शनिवार उल्लेख्य दर्शक सहभागिता - उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री तथा महासंघका अध्यक्षद्धारा मेला अवलोकन
https://fncci.org/news/detail.php?i=4054
काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा शनिवार उल्लेख्य दर्शकले मेला अवलोकन गरेका छन् । शनिवार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मेला अवलोकन गर्नु भएको थियो ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मन्त्री भण्डारीले नै उद्घाटन गर्नु भएको थियो ।
विभिन्न स्टलहरुको अवलोकन गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया दिनुभयो । मन्त्री भण्डारीले स्वदेश ितथा विदेशी स्टलहरुमा पुगी वस्तुको उत्पादन तथा बजारको बारेमा व्यवसायीहरको प्रतिक्रिया लिनुभएको थियो ।
यस्तै महासंघका अध्यक्ष ढकालले पनि मेला अवलोकन गर्दै मेलामा नेपाली स्वदेशी तथा विदेशी वस्तुहरुको खरिदमा दर्शकहरुको चासो देखिएको बताउनु भयो ।
नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको छ । महासंघले वार्षिक क्यालेन्डर कायृक्रमका रुपमा आयोजना गरिएको मेला वैशाख २९ गतेसम्म चल्नेछ ।
#
09/05/2025
नेपाल–चीन व्यापार र लगानी अभिवृद्धिका लागि चीनका प्रतिनिधीसंग छलफल - नेपालमा लगानी गर्न व्यवसायीलाई महासंघका अध्यक्ष ढकालको आग्रह
https://fncci.org/news/detail.php?i=4053
नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको हो ।
नेपाल स्थित चिनीयाँ तथा बंगलादेशी दुतावासका प्रतिनिधी तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन नेपाल आएको दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, उर्जा कृषि तथा आइटी जस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरुलाई आग्रह गर्दछु ।” अध्यक्ष ढकालले भन्नुभयो ।
अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएको र लगानी गर्न चाहने व्यवसायीहरुका लागि सहजकिरण गर्न महासंघ तयार रहेको समेत बताउनु भयो । यस्तै उहाँले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताको लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थलमात्र नभएर आपसी सहकार्य र व्यापार प्रवद्र्धनको उपर्युक्त माध्यम भएको बताउनु भयो ।
यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासंघमा चिनीयाँ प्रतिनिधीमण्डलसंग छलफल भएको छ । छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताउनु भयो ।
चीनको वाणिज्य मन्त्रालय अन्र्तगतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनीयाँ लगानी भइरहको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बनधलाई थप राम्रो बाउन आफुहरु सधै तयार रहेको बताउनु भयो । उहाँले दुई देशबीचको सीमापार व्यापारलाई सहज बनाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि थप सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल स्थित चिनीयाँ दुतावासका इकोनोमिक एण्ड कर्मश सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवासाय प्रर्वद्धन तथा चिनीयाँ सहयोगका लागि द्तावास सधैं सकारात्मक रहेको बताउनु भयो ।
छलफलका क्रममा महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनमा चीनीयाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिने बताउँदै त्यसको लागि चिनीयाँ पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गर्नुभयो । यस्तै महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापनि उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरुको सहभगिताको लागि थप सहयोग एवं सहकार्यका लागि चिनीयाँ पक्षलाई आग्रह गर्नुभयो ।
वैशाख २५ गते देखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन यति बेला चिनीयाँ र बंगलादेशी व्यवसायीको समुह नेपालमा रहेको छ । मेलामा शुक्रवार करिब ५ हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जानकारी दिएको छ ।
#व्यापारमेला #मेला
08/05/2025
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु - उत्पादन र उत्पादकत्व बृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न उद्योग मन्त्रीको आग्रह
वैशाख २५ काठमाडौं ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गर्नु भयो ।
उहाँले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उहाँले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनु भयो । “हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ । ” मन्त्री भण्डारीले भन्नु भयो ।
उहाँले हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुु भयो ।
मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन आग्रह गर्नुभयो ।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताउनु भयो ।
मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उहाँको धारणा थियो । “मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ । ”वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नु भयो ।
नेपालमा अन्तरराष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताउनु भयो ।
नेपाल, चीन र बंगदादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिनुभयो ।
महासंघले यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १० औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमाजृन गरि अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्रान्डिङ गर्नु पर्ने बताउनु भयो ।
मेलामा डिजिटल पेमेन्ट पाटनर आइएमइपे, अफिसियल इन्स्योरेन्स,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पाटनर भायनेट र सपाटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेशन लि. ,चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि., गार्मेन्ट एशोसिएयन नेपाल एक्जिविशन लाइट हाउस, इन्ट्रोडक्सन टे«ड सोज नेपाल प्रा.लि. रहेको र मेलामा निशुल्क प्रवेशको वयवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा नेपाल स्थिति थाइल्याण्ड र इजरायल,युएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का देशिय निर्देशक तथा अमेरिका,रुस, पाकिस्तान, बंगलादेशका राजदुतावासका आर्थिक मामिला प्रमुखहरुको समेत सहभागिता रहको थियो ।
#मेला
08/05/2025
📢 Mark Your Calendars!
Join us at the 10th Nepal International Trade Fair 2025 from 8–12 May (25–29 Baishakh) at Bhrikuti Mandap, Kathmandu! 🇳🇵
✨ FREE ENTRY for all visitors — explore a diverse showcase of Nepali products, crafts, and innovations.
Organized by FNCCI.
Don't miss this celebration of trade, culture, and craftsmanship!
08/05/2025
📢 Start Today 10th Nepal International Trade Fair 2025 — a grand showcase of Nepalese products and international business opportunities! 🇳🇵🌍
🗓️ 8–12 May 2025 | 📍 Bhrikuti Mandap, Kathmandu
Don't miss out on exploring a wide range of local crafts, herbs, textiles, and more!
07/05/2025
📢 Just 1 DAY LEFT!
Get ready for the 10th Nepal International Trade Fair 2025 — a grand showcase of Nepalese products and international business opportunities! 🇳🇵🌍
🗓️ 8–12 May 2025 | 📍 Bhrikuti Mandap, Kathmandu
Don't miss out on exploring a wide range of local crafts, herbs, textiles, and more!
06/05/2025
📢 Just 2 DAYS LEFT!
Get ready for the 10th Nepal International Trade Fair 2025 — a grand showcase of Nepalese products and international business opportunities! 🇳🇵🌍
🗓️ 8–12 May 2025 | 📍 Bhrikuti Mandap, Kathmandu
Don't miss out on exploring a wide range of local crafts, herbs, textiles, and more!
05/05/2025
📢 Just 3 DAYS LEFT!
Get ready for the 10th Nepal International Trade Fair 2025 — a grand showcase of Nepalese products and international business opportunities! 🇳🇵🌍
🗓️ 8–12 May 2025 | 📍 Bhrikuti Mandap, Kathmandu
Don't miss out on exploring a wide range of local crafts, herbs, textiles, and more!