EcohomeStay Nepal

EcohomeStay Nepal

Share

We envision creating jobs and contributing towards Nepal Rural Tourism ,Agro,Sustainable Tourism Client success is our motto.

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"
अर्थात,
जन्मदिने आमा तथा जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हन्छ |
महान ऋषि वाल्मिकीको यस मार्मिक, सान्दर्भिक, मर्मस्पर्शी ,
राष्ट्रिय श्लोकलाई आत्मसात गर्दै
EcoHomestay Nepal को तर्फबाट स्वागतम ! We envision creating jobs and contributing towards Nepal Rural Tourism ,Agro Tourism ,Sustainable Tourism ,Poverty, Unemployment, Conservation and Climate change, ca

12/04/2024

Happy New Year 2081🥰🥰
Travel to Promote Local Destination and Marketing of Agriculture Product.Be Conscious Tourist and Promote Sustainable Tourism

24/03/2024
पर्यटन केन्द्रिय सहकारी संघ को १० औ AGM मा सहकारी अभियन्ता हरु - Ram Patel & Gyan Bahadur Tamang 21/12/2023

पर्यटन क्षेत्रको लाभ तथा स्वामित्व स्थानीय जनतालाई न्यायोचित बितरण प्रणालीको लागि :
"एक वडा एक पर्यटन सहकारी ,एक वडा एक कोप होमस्टे ,एक पालिका एक होमस्टे म्यानेजर " - कोप होमस्टे- पर्यटन सहकारी अभियान

#कोप होमस्टे # कोप रिसोर्ट # कोप होटेल #कोप चिया अड्डा #कोप कफी हाउस #कोप जीप सफारी # कोप होर्स राइडिंग # कोप केवल कार # कोप हाती सफारी # कोप राफ्टिंग # कोप जीपलाइन # कोप बन्जी जम्प # कोप मल्टिप्लेक्स # कोप फार्म फाउस # कोप जंगल सफारी # कोप ट्रेकिंग # कोप ट्राभेल मार्ट # कोप माउन्टेन फ्लाइट # कोप टुरिस्ट बस # कोप प्लेन # कोप फाइभ स्टार होटेल # कोप भेन्यु -पार्टी प्यालेस # कोप स्विमिंग पुल # कोप स्टेडियम # कोप होस्टेल # कोप तालिम केन्द्र # कोप टुरिजम & होस्पिटलाटी कलेज # कोप सेकुवा & कोप क्याफे # कोप बर्गर हाउस # कोप ट्राउट रिसोर्ट # कोप फिश रिसोर्ट # कोप थेरापी # कोप वेलनेस हस्पिटल # कोप टुर अपरेटर # कोप तिकेटिंग # कोप बुकिंग प्लेटफर्म # कोप PMS /CMS/CRM # कोप बैलुनिंग # कोप माउन्टेनरिंग # कोप हन्टिंग रिजर्भ # कोप म्युजियम # कोप पार्क # कोप सहकारी वन
१. कोप होमस्टे तथा पर्यटन सहकारी अभियन्ता राम पटेल https://youtu.be/n5VXNxhEzMI?si=FucIgGjb7DftQmBY

२. विकास बिज्ञ डा. लोक राज भट्टराइ - https://youtu.be/tL-pG9YpReU?si=Z68PoNGF0uskqL7i

३. संस्थापक तथा परिकल्पनाकार मुकुन्द दाहाल सर - https://youtu.be/H9UjpHCqWbY?si=oa3oKmkPR-dXvQEs

४. कोप होमस्टे तथा पर्यटन सहकारी अभियन्ता राम पटेल तथा सहकारी अभियन्ता माननीय ज्ञान बहादुर तामांग - https://youtu.be/bT3ror7jBa4?si=JCN14Y68uWzHquDc

पर्यटन केन्द्रिय सहकारी संघ को १० औ AGM मा सहकारी अभियन्ता हरु - Ram Patel & Gyan Bahadur Tamang "एक वडा एक पर्यटन सहकारी ,एक समुदाय एक कोप होमस्टे ,एक पालिका एक होमस्टे म्यानेजर " कोप होमस्टे तथा कोप पर्यटन सहकार.....

19/10/2023

HOFEN NGO र HOFEN का आयोजक तथा एमाले का केही नव तानाशाह बारे विज्ञप्ति !

HOFEN न त कुनै सहकारी समुह हो , न त HOFEN कुनै प्रा. लि. वा पब्लिक कम्पनी हो न त HOFEN कुनै ट्रेड युनियन नै हो , न HOFEN सहकारी प्रकृतिको उपभोक्ता समुह वा सामुदायिक बन् समुह वा महिला समुह वा कृषक समुह वा पर्यटन समुह हो , HOFEN त फगत एउटा NGO मात्र हो ,अनि NGO को कुनै owner ( Shareholder ) सञ्चालक भन्ने नै हुँदैन , तसर्थ HOFEN NGO को सभामा भाग लिन Stakeholder / Beneficiaries हरू आफै वा आफ्ना प्रतिनिधि वा वारेशमर्फत आफ्नो एजेन्डा राखन उसको संवैधानिक अधिकार नै हो कुनै पनि परोपकारी NGO मा , यो कुनै पनि NGO ले माननै पर्ने कुरो हो ! राम पटेल पनि HOFEN NGO को प्रमुख stakeholders / Beneficiaries को रूपमा रहेको होमस्टे , फार्मस्टे को विधिवत प्रतिनिधि वारेसनामा को डकुमेन्ट पेश गरेर लाग्ने शुल्क रु १५०० + १००० = २५०० बुझाएर विधिवत पास लिएर अनि बन्द सत्रमा भाग लिएको तीतो सत्य हो , HOFEN NGO को सभामा यति प्रक्रिया पूरा गरेर भाग लिएको म माथि एमाले का केही तानाशाह हरुको इशारामा एक जना निरिह नागरिकको Right to Speak ,right to raise voice ,right to raise hand " को संवैधानिक नागरिक अधिकार अपमानित तरिकाले एमाले का केही तानाशाह कमरेड हरुको रोहबरमा अनि इशारामा नै भएको हो , हात उठाएर बोल्ने अनुमति पाएको मलाई अलिकति नि मेरो बोल्न पाउने स्वतन्त्रताको न्यूनतम न त सम्मान गरियो न त बन्द सत्रको न्यायाधीश रूपी हलले मलाई बोल्न लाई दिएको मत कै सम्मान गर्न सक्यो आयोजकले त्यो HOFEN NGO को बन्द सत्रमा ! न मैले कुनै असभ्य भाषा वा शब्द न त कुनै आलोचना गरेको थिएँ ,मैले त बुँदागत रूपले सहकारी पक्षीय एजेन्डा प्रस्तुत गर्नको लागि हाल संग अनुमति लिएर गर्दै थिए ! प्रतिनिधि को कुरा त फागत एउटा बहाना न हो बौद्धिक बहस गर्न नसक्ने तिलक ढकालको स्तुतिगान गाउने तथा एमाले का केही लाठैइतहरू को !ठीक छ यदि मेरो प्रतिनिधि को बारेमा केही थियो भने मलाई शुरुमै यो यो कारणले मिल्दैन भन्नु पर्थ्यो,मेरो 2500 लिनु हुँदैन थियो , मेरो डकुमेन्ट पेश गरेरै लिएको हो पास ,अनि आजको दिन सम्म आयोजकले मलाई लिखित रूपमा मेरो प्रतिनिधिको बारेमा सभामा प्रस्ताव बनाएर भएकी अन्तिम निर्णयबारे केही सूचना दिएको छैन , यो मेरो नागरिकको सूचना को हक अधिकार को उल्लंघन समेत गरेको छ HOFEN NGO का तानाशाह आयोजक हरुले ! मैले HOSAN अनि HOFEN को बारे बुझेको के हो भने यो एउटा NGO हो अनि कुनै पनि NGO मा सहकारी समुह को जस्तो वा प्रालि / पब्लिक कम्पनी को जस्तो , वा कुनै ट्रेड युनियन को जस्तो वा कुनै सामुदायिक व्यवसायिक संस्थाको जस्तो परोपकारी NGO मा सञ्चालक Owner Share Holder भन्ने नै हुँदैन,सम्बन्धित Stakeholder or Benefciaries ले पठाएको प्रतिनिधि वारेस ले सभामा भाग लिन पाउँछ NGO मा , NGO र सहकारी समुह अनि ट्रेड युनियन फरक फरक कुरा हन ! गम्भीर कुरा के हो भने राम पटेल ले उठाएको एजेन्डा सहकारी पक्षीय एजेन्डा हो , अझ त्यो दिन को बन्दसत्रमा मा हामी सहकारी पक्षीय एजेन्डा लिखित रूपमा प्रतिनिधि हरुलाई हात हात मा दिन खोज्दा एमाले केन्द्रीय कमरेड भीम के सि को हप्की दवकी कुनै राणा शासनको भन्दा कम थिएन ,पछि floor open भएपछि हात उठाएर विधिपूर्वक नै सभाध्यक्षको अनुमति लिएर अनि मात्रै म एजेण्डालाई प्रस्तुत गर्न सम्बोधन के शुरू गरेको थिएँ पहिलो आधी मिनेटमै आयोजकले मलाई डिस्टर्ब गर्ने ,दुरुत्साहन गर्ने अनि धम्की दिने काम भएको थियो ,अरु प्रतिनिधि र मेरो वीच को फरक के हो भने म कसैको दास थिएन , म संग एजेन्डा थियो ,अनि यी नव तानाशाह र मुख्यतः तिलक ढकाल जी को स्तुति गान गर्न त्यहाँ उपस्थित थिएन ,तिलक ढकाल जी को देवत्वकरण गर्ने सभा बाहेक अरु केही थिएन त्यो! तिलक ढकाल जी NGO दुनियाको माहिर खेलाडी हुन यो कसै बाट लुकेको छैन , क.भीम के सी को तानाशाही त सबैले देख्नु नै भयो कमरेड डा आलोक प्रसाई ,कमरेड कृष्ण कु अर्याल ,मा.कमरेड प्रेम महर्जन लगायत त्यो सम्पूर्ण आयोजक टिम नै एमालेको नव सामन्त अनि नव तानाशाह हरू थिए कमरेड भीम केसी अनि देवत्वकरण मा रमने तिलक ढकाल जी को इशारामा !एमाले का यी केही तानाशाह हरुले सहकारी लाई बेवास्ता मात्रै होइन सहकारी क्षेत्रको धजी उडाएको तीतो सत्य हो ,
तसर्थ सहकारी अभियान र सहकारीका नेताहरुले सहकारी विरोधी यी तत्वहरूलाई पहिचान गर्नु पर्यो , उल्टै यो सहकारी विरोधी हरुलाई बधाई दिनु भनेको अनौठो होइन र सहकारी अभियन्ता हरू ?
HOFEN NGO को चङगुल बाट होमस्टे समुह हरुलाई बाहिर निकाल्न को लागि र यसको नेतृत्व गर्न को लागि पर्यटन सहकारी संघ लाई निवेदन गर्दछौं साथै सिंगो सहकारी अभियान ले यो कुरा लाई भित्री गहिराइमा गएर बुझ्न को लागि अनुरोध छ ! पर्यटन सहकारी संघ ,कृषि सहकारी संघ ,राष्ट्रीय सहकारी महासंघले यो विषयमा गम्भीरता पूर्वक चासो लियोस् !
सहकारी पक्षीय होमस्टे पर्यटन समुह
"एक पालिका एक पर्यटन सहकारी , एक पालिका एक होमस्टे म्यानेजर "

Photos from EcohomeStay Nepal's post 12/10/2023

लौ है सहकारीकर्मी अभियन्ताहरु ! हाम्रो सहकारी पक्षीय होमस्टे समुह को एजेन्डाहरु यस प्रकार छन !
सहकारी क्षेत्रलाई बेवास्ता गर्ने संस्थापन समुहलाइ मुह्तोड जबाफ दिनको लागि सहकारी पक्षीय होमस्टे समुह लाइ समस्त सहकारी अभियन्ताहरुले साथ दिनु होस् !
यो हाम्रो मात्रै अभियान होइन यो सिंगो सहकारी अभियान हो !
आफ्नो सम्पर्कमा रहेका होमस्टे प्रतिनिधिहरुलाई यो कुराको संदेश फैलाउदै सहकारी पक्षीय सबै होमस्टेकर्मी हरुलाई एक जुट हुन आह्वान गरौ !

जय सहकारी ! जय पर्यटन ! जय कृषि ! जय होमस्टे !!

Photos from EcohomeStay Nepal's post 08/10/2023

सहकारी पक्षीय होमस्टे समुहहरु एक होऔ !! यो ग्रुप join गरौ अनि Share गरौ ,Invite गरौ !!
https://www.facebook.com/groups/homestaysahakari

11/08/2023

धन्यवाद Family Farming Nepal सचिवालय तथा कृषि केन्द्रीय सहकारी संघ ' दिगो कृषि - दिगो पर्यटन ' मार्फत उद्यमशीलताको बारेमा EcohomeStay Nepal Team सँग अन्तर्क्रिया निमन्त्रणा को लागि:

Photos from EcohomeStay Nepal's post 18/07/2023

नेपालको द्दिगो सामुदायिक पर्यटनको नेतृत्वको लागि पर्यटन केन्द्रिय सहकारी संघ अगाडी बढ्दै ! EcoHomestay Nepal टीम तथा पर्यटन केन्द्रिय सहकारी संघको बिचमा " द्दिगो कृषि -द्दिगो पर्यटन ,द्दिगो सामुदायिक पर्यटन को लागि सहकार्य गर्ने सहमति !
नेपाल पर्यटन बोर्डले पास गर्न लागेको "Domestic Tourism Strategic Action Plan " मा सहकारी क्षेत्र तथा तारा गाउँलाइ गरिएको बेवास्ता को बिरुद्धमा संसोधन सहितको पत्र हस्तान्तरण ! HOSAN कोषाध्यक्ष तथा नगरकोट सामुदायिक होमस्टे अध्यक्ष श्री सुरज बास्तोला सरलाई पर्यटन केन्द्रिय सहकारी संघको संचालक टीममा स्वगात बधाई तथा शुभकामना ! HOSAN ,EcoHomestay Nepal लगायत सबै सरोकारवालाहरुसंग समन्वय गर्दै पर्यटन केन्द्रिय सहकारी संघले द्दिगो सामुदायिक पर्यटन को नेतृत्व लिदै अगाडी बढ्ने केन्द्रिय अध्यक्ष श्री रामशरण घिमिरे ,माहासचिव देवराज पराजुली ,माननीय प्रेम महर्जन ज्युको वचनबद्धता !
" नेपालको सामुदायिक पर्यटन को बर्तमान अवस्था ,दशा तथा दिशा ,चुनाती,समस्या तथा समाधान बिसयमा गहन brainstorming गर्ने तथा Ecohomestay Nepal को तर्फबाट गरिएको अध्यन प्रतिवेदन माथि छलफल गर्ने निर्णय !
जय पर्यटन सहकारी !

Photos from EcohomeStay Nepal's post 13/07/2023

सामुदायिक पर्यटन -होम स्टे , पर्यटन सहकारीको हकहित अनि द्दिगो कृषि-द्दिगो पर्यटन को लागि तथा पर्यटन मन्त्रालयमा पर्यटन सहकारी तथा सहकारी क्षेत्र लाई गरिएको बेवास्ता प्रतिको प्रहार अनि आवाज बुलन्द गर्दै EcohomeStay Nepal Team !
होमस्टे अभियन्ता,कृषि-पर्यटन अभियन्ता ,पर्यटन सहकारी तथा सहकारी अभियन्ताहरू खै कता हो ?

https://fb.watch/lLL1exneLc/

13/07/2023

सामुदायिक पर्यटन -होम स्टे , पर्यटन सहकारीको हकहित अनि द्दिगो कृषि-द्दिगो पर्यटन को लागि तथा पर्यटन मन्त्रालयमा पर्यटन सहकारी तथा सहकारी क्षेत्र लाई गरिएको बेवास्ता प्रतिको प्रहार अनि आवाज बुलन्द गर्दै EcohomeStay Nepal Team !
होमस्टे अभियन्ता,कृषि-पर्यटन अभियन्ता ,पर्यटन सहकारी तथा सहकारी अभियन्ताहरू खै कता हो ?

Want your business to be the top-listed Furniture Store in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Shikali Marga , Sanepa
Lalitpur